राजा फर्काउन राप्रपाले चैत १ गतेबाट फेरि आन्दोलन थाल्ने

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ ।
राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।
उनले भनेका छन्-
‘हिजो श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको सवारी सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गते देखि बृहत् राष्ट्रवादी अन-आन्दोलनको सुरुवात गरिँदैछ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु ।’
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया