मंगलबार, वैशाख ८, २०८३

प्रधानमन्त्री कप क्रिकेट: आर्मीले दियो बागमतीलाई २६३ रनको लक्ष्य, सन्तोषको अर्धशतक

मेरोन्यूज २०८१ फागुन २६ गते १३:५९

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भैरहवाको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रन बनायो।

उसका लागि सन्तोष कार्कीले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले अविजित ४७ रनको पारी खेले।

त्यसबाहेक त्रितराज दासले ३६, विवेक यादवले ३०, कुशल मल्लले २६ रन बनाउँदा बागमतीका खेलाडीले ३५ रन अतिरिक्त दिए।

बागमतीका लागि इसान पाण्डे, रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए ।

प्रतिक्रिया