छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप

भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।
सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन् । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरुसंग कुरागदै सभापति लामिछानेले पत्रकारहरुसंग बोल्दै भने “सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ति सबै जना जाकिन्छन् ।”
उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
अदालतले किन माग्यो रविसँग एक करोड धरौटी ? लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया