छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप

भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।
सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन् । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरुसंग कुरागदै सभापति लामिछानेले पत्रकारहरुसंग बोल्दै भने “सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ति सबै जना जाकिन्छन् ।”
उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
अदालतले किन माग्यो रविसँग एक करोड धरौटी ? लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया