पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
मेरोन्यूज
२०८१ फागुन २६ गते २१:३२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।
यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ ।
सम्बन्धित









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया