प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि अनुपस्थित हुने
मेरोन्यूज
२०८१ फागुन २७ गते १२:३३

काठमाडौं । आज (मंगलबार) को प्रतिनिधसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसुची तय गरिएको थियो ।
संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रचण्डले सम्बोधन गर्नेदिन प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभामा अनुपस्थित रहने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् ।
यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । प्रधानमन्त्रीलाई संसदमा नदेखेपछि सम्बाेधनकै क्रममा प्रचण्डले गुनासो गरेका थिए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया