विश्वव्यापी शेयर बजारमा गिरावट
मेरोन्यूज
२०८१ फागुन २७ गते १३:४५

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी सेयरबजारमा गिरावट आएको छ।
एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ ।
सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको सेयर बजारमा उच्च गिरावट देखिएको हो ।
यद्यपि ट्रम्पले अर्थतन्त्रको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् भने उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।
मंगलबार सेयर बजार खुल्दा जापानको निक्केई २२५ १.७ प्रतिशतले घटेको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।
सम्बन्धित
















पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया