प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् ।
नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
यसैगरी पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
खड्काले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिए । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया