लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो । पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १-१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४-१ ले विजयी हुदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया