बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८१ फागुन २८ गते ७:५२

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिख समग्रमा ५-० को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो ।
यस खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए ।
यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
अब क्वाटरफाइनलमा बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।
सम्बन्धित











बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया