बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८१ फागुन २८ गते ७:५२

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिख समग्रमा ५-० को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो ।
यस खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए ।
यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
अब क्वाटरफाइनलमा बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।
सम्बन्धित
















होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया