अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९५ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय बल राम रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-४ स्थित हाइवे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित होटलका संचालक औरही गाउँपालिका-२ बनिनिया टोल बस्ने ३० वर्षीया नगिरा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बिक्री वितरण भइहरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही होटल बाहिरबाट गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने १६ वर्षीय किशोरलाई समेत अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय ९० ट्याब्लेट र स्पास्पेन १ हजार २८ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-६ फत्तेपुर बस्ने ३२ वर्षीय प्रदिप बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ भोजपुरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-३ घर भएका ३२ वर्षीय किरण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-६ अनाम टोल डेरा गरी बस्ने सोही नगरपालिका-५ घर भएका ३२ वर्षीय सुरज गुरूङ समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेट सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुरजको कोठाबाट उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-३ बगर टोल बस्ने ५० वर्षीया सितेम्मा राईलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया