धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।
निर्वाचन समितिका संयोजकले नै राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको हो।
क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत भनेका छन्-
यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ।










राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया