६० बर्षका आमिर खान फेरी प्रेममा परे !

काठमाडौँ । आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका थिए ।
गौरीको बारेमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँगको उनको मित्रता २५ वर्ष पुरानो हो, तर उनीहरूको सम्बन्ध विगत १८ महिना देखिको छ । चौथो, गौरी विवाहित छिन् र उनको छ वर्षको छोरा छ । पाँचौं, उनको मूल तमिल र आयरिश दुवै हो ।
रिपोर्ट अनुसार, आमिरले उनी र गौरीबीच २५ वर्ष अघि भेट भएको बताएका छन् तर पछि सम्पर्क टुटेको थियो । अब उनीहरू फेरि भेटेका छन् र सँगै छन् ।
उनले गौरीलाई फिल्म उद्योगको दुनियाँको लागि तयार पारिरहेको र उनको सुरक्षाको लागि व्यक्तिगत गार्ड पनि राखेको बताए । आमिरले गत बुधबार गौरीलाई आफ्ना साथी शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएको बताएका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया