फिल्म ‘होस्टेल-३ ’ ले ६ दिनमा कति कमायो ?
मेरोन्यूज
२०८१ फागुन ३० गते ११:१८

काठमाडौँ । फिल्म ‘होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात् बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ ।
आज शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ ।
सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ ।
होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया