अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।
कैलाली टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध स्पास्पेन २४० ट्याब्लेटसहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागुऔषध खैरो हेरोइन पाँच सय मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेटसहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेकबहादुर थापासहित पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेकबहादुरको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
चितवन, कालिका नगरपालिका-८ मझुवाबाट अवैध लागुऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन्। प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध चरेश २४४ ग्रामसहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया