होलीबाट सङ्कलित रकम शिक्षकको तलबमा

बैतडी । यहाँका विभिन्न विद्यालयले होली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
चार दिनसम्म होली खेलेर रु तीन लाख १८ हजार ८५० सङ्कलन भएको अध्यक्ष भाटले बताए । उनले भने, ‘स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलेका छौंँ, सङ्कलित रकम शिक्षकको तलब र शैक्षिक सामग्री खरिदमा खर्च गरिनेछ ।’ कक्षा १० सम्मको पढाइ हुने सिद्धेश्वर माविमा निजी स्रोतका शिक्षक रहेकाले उनीहरुको तलब व्यवस्थापनका लागि हरेक वर्ष होली खेल्ने गरिएको छ ।
यस्तै पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर रु तीन लाख ३० हजार ६५७ सङ्कलन गरेको छ । उक्त रकम विद्यालय सञ्चालनमा खर्च गरिनेछ । पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर रु दुई लाखभन्दा बढी सङ्कलन गरेको छ । सङ्कलित रकम विद्यालयमा शैक्षिक सामग्री किन्न खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए ।
पाटन नगरपालिका– २ स्थित सिद्धनाथ मावि सिलङ्गाले रु ७९ हजार २३५ सङ्कलन गरेको छ । जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडालगायतले पनि यस वर्ष होली खेलेर रकम सङ्कलन गरेका छन् ।
केदारनाथ होली कमिटि श्रीकोट, जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटिलगायतका सङ्घ संस्था, क्लब र समूले होली खेलेर रकम सङ्कलन गरेका छन् । होलीबाट सङ्कलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने केदारनाथ होली कमिटी श्रीकोटका अध्यक्ष गणेश विष्टले बताए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया