प्रहरीमा सुधार आवश्यक छ, प्रारम्भ आफैँबाट गर्छु : आईजीपी थापा

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् ।
दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए ।
महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान गरे ।
‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होईन, म भित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ अगाडि बढ्न म मेरा सहकर्मीलगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहन्छु । यसमा समन्वयत्मक भूमिकाका लागि म निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गर्न चाहन्छु,’– उनले भने ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । गृहमन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया