कंगना रनौत भन्छिन्- ओस्कर मुर्खहरूको अवार्ड

काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनौतको जनवरी १७ मा प्रदर्शनमा आएको फिल्म ‘इमर्जेन्सी’ ले बक्स अफिसमा खासै चमत्कार गर्न सकेन । तर नेटफ्लिक्समा रिलिज भएपछि यसले धेरै प्रशंसा पाइरहेको छ ।
यसैबीच अभिनेत्रीले विवादास्पद अभिव्यक्ति दिएकी छन्।
नेटफ्लिक्समा फिल्म हेरेपछि दर्शकहरुले फिल्म ओस्करमा पठाउनुपर्ने भन्दै तारिफ गरेका छन् । यसको जवाफमा कंगनाले अमेरिकामाथि आक्रोश पोख्दै ओस्करलाई मूर्खहरूको पुरस्कार भनेकी हुन् ।
कंगनाले इन्स्टाको स्टोरी सेक्सनमा फिल्मले पाएको प्रशंसाको स्क्रिनसट पोस्ट गरेकी छन् । यसमा एक जना प्रयोगकर्ताले भारतको तर्फबाट उनको फिल्मले ओस्कर जित्नुपर्ने तर्क राखेका छन् । तारिफ गर्दै ती प्रयोगकर्ताले ‘गज्जबको फिल्म, टिम कंगना !’ लेखेका थिए ।
यसको जवाफमा कंगनाले लेखेकी छिन्, ‘तर अमेरिकाले आफ्नो वास्तविक अनुहार हेर्न चाहँदैन, यसले विकासशील देशहरूलाई कसरी धम्की दिन्छ, दबाउँछ र दबाब दिन्छ । यो सबै ‘इमर्जेन्सी’बाट प्रकाशमा आएको हो । त्यो मूर्ख ओस्कर आफैं राख् । हामीसँग नेसनल अवार्ड छ ।’














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया