विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयतालाई ध्यानदिन पूर्वमन्त्री शर्माको आग्रह

घोराही । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सक्न र गुणस्तरीयतालाई ध्यान दिन सम्बन्ध पक्षलाई आग्रह गरेकी थिइन् ।
दाङ क्षेत्र नं २ मा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उनले आफ्नो ठाउँको विकासका लागि स्थानीयावासीले योजना माग गरेजस्तै अब समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्ने बताइन् ।
पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका योजनाको अनुगमन गरिन् । उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडक, घोराही १३ मा निर्माणाधीन भूपु सैनिक सङ्गठनको बहुउद्देश्यीय भवन र घोराही १८ मा निर्माणाधीन नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन र घोराही १४ झिंगौरास्थित हरियाली पार्ककोे पनि उनले अनुगमन गरेकी छन् ।
यहाँ पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत रु ५३ लाखमा पर्खाल निर्माणक भइरहेको छ । पार्कभित्र निर्मित सहिदहरुको प्रतिमाको तीन वर्ष अघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनःनिर्माण गरिने छ ।
अनुगमनका क्रममा उनले सडक विभाग, सघन सहरी कार्यालयलगायत विकास योजना हेर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गरेकी थिइन् ।















‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया