जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।
यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’
यसपछि अमेरिकी विदेशमन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए ।
उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’
आफ्नो टोलीलाई आंशिक युद्धविराम कार्यान्वयन गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएको उनले जनाए । युक्रेन र अमेरिका समन्वय कायम गर्न साउदी अरेबियामा भेट्न तयारसमेत भएका छन् ।
सो अघि जेलेन्स्कीले रुस र युक्रेनबीच १७५ कैदीको आदानप्रदान भएको बताएका थिए । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया