यातायात मन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायात सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर फर्किएका छन् ।
अमेरिकाको वासिङ्टन डीसीमा १० मार्चदेखि विश्व वैंकको आयोजनामा ‘ट्रान्सफमिीङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन उनी २४ फागुनमा अमेरिका गएका थिए ।
उनी विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिस्टेरियल राउन्ड टेबुल’ उद्घाटन सत्र तथा ‘ट्रान्सफमिङ ट्रान्सपोर्टेसन’ मा नेपालको नेतृत्व गर्दै सहभागी भएका थिए ।
कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्त्व दर्साउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पारे ।
सडक सञ्जाल सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको लागत न्यूनतम राख्ने र छोटा सडक सञ्जाल स्तरोन्नति गर्ने योजना प्रस्तुत गरेका थिए ।
मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तर्क्रियामा पनि सहभागी भएका थिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया