गाउँपालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित
मेरोन्यूज
२०८१ चैत ८ गते १२:४८

काठमाडौं । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउपछि डोम परिवार विस्थापित भएको छ।
अध्यक्षका आफन्त र समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमको परिवार शुक्रबार रातिदेखि विस्थापित भएको हो।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो ।
घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरासहित स्थानीयले दीपकको घरमा पुगेर गालीगलोज र धम्की दिएका थिए। त्यसपछि दीपक र उनकी श्रीमती अनिता वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन्।
सम्बन्धित
प्रतिक्रिया