सुशान्त सिंह राजपूतले आत्महत्या नै गरेको निष्कर्ष निकाल्दै सिबिआईले बन्द गर्याे केस
मेरोन्यूज
२०८१ चैत ९ गते १२:५७

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु घटनासम्बन्धी सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ।
४ वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ। जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको बताएको छ।
अन्तिम रिपोर्टमा सीबीआईले सुशान्तको मृत्युको वास्तविक कारण आत्महत्या नै भएको उल्लेख गरेको छ।
यस घटनामा षड्यन्त्रको कुनै संकेत नभएको र सुशान्तको सामाजिक सञ्जाल च्याटहरूमा पनि कुनै छेडछाड नभएको सिबिआईको निष्कर्ष छ।
अभिनेता सुशान्त सिंह राजपूत जुन १४, २०२० मा बान्द्रास्थित आफ्नै घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए। मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो।
यस मुद्दामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपरेको थियो।
सम्बन्धित













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया