चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ ।
आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र र कथानक चलचित्र समावेश गरिने छ ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र गाउँलेहरूलाई नै देखाइने भएका छ ।
महोत्सवमा सहभागी चलचित्रहरूबाट निर्णायक टिमले उत्कृष्ट चलचित्रहरू चयन गरेर अवार्ड समेत प्रदान गरिनेछ । विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र मात्र प्रदर्शन हुने पनि आयोजक सापकोटाले जानकारी गराए ।
महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिने छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया