चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ ।
आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र र कथानक चलचित्र समावेश गरिने छ ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र गाउँलेहरूलाई नै देखाइने भएका छ ।
महोत्सवमा सहभागी चलचित्रहरूबाट निर्णायक टिमले उत्कृष्ट चलचित्रहरू चयन गरेर अवार्ड समेत प्रदान गरिनेछ । विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र मात्र प्रदर्शन हुने पनि आयोजक सापकोटाले जानकारी गराए ।
महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिने छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया