शनिबार, वैशाख १३, २०८२

कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले मेयर बालेनलाई बुझाए ज्ञापनपत्र

मेरोन्यूज २०८१ चैत ९ गते १८:५५

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।

महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

मेयर शाहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रबार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा १६ वडाध्यक्षबीच बैठक भएको थियो ।

प्रतिक्रिया