बिहीबार, वैशाख १०, २०८३

रोनाल्डोको पेनाल्टी मिस : पोर्चुगल सेमिफाइनलमा

मेरोन्यूज २०८१ चैत १० गते १०:३८

काठमाडौं ।स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै पेनाल्टी गुमाएको खेलमा डेनमार्कलाई हराउँदै पोर्चुगल युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

Advertisement
NiccNicc

घरेलु भूमिमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगल ३-२ ले विजयी भएपछि एग्रिगेट स्कोर ३-३ भएको थियो। पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो।खेलको सुरुवातमा नै पोर्चुगलले पेनाल्टी पाएको थियो। डेनमार्कका गोलरक्षक कास्पर स्केइमेलले रोनाल्डोको पेनाल्टी प्रहार बचाउन सफल भए। ३८ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नर क्लियर गर्ने क्रममा डेनमार्कका रक्षक जोचिम एन्डरसनले आफ्नै पोस्टमा प्रहार गरे।
५६ औँ मिनेटमा रामोस क्रिस्टेन्सनले डेनमार्कका लागि गोल गरे।खेलको ७२ औँ मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि अर्को गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै क्रिस्चियन इरिक्सनले गोल गरेपछि डेनमार्क एग्रिगेटमा फेरी अघि बढेको थियो। ट्रिन्काओले ८६ औँ मिनेटमा डेनमार्कका लागि गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए।

पोर्चुगलले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ। इटालीलाई एग्रिगेटमा ५-४ ले हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतिक्रिया