विश्वकप छनोटमा इंग्ल्यान्डको जित
मेरोन्यूज
२०८१ चैत ११ गते ८:४५

काठमाडौं । युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति भएको समूह केको खेलमा इंग्ल्यान्डले लाट्भियालाई ३-० ले हराएको छ।
पहिलो हाफमा नै रिस जेम्सले २० यार्डबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै शानदार गोल गरे। ६८ औँ मिनेटमा डेकलन राइसको पासमा कप्तान हेरी केनले गोल गरे। इंग्ल्यान्डका लागि खेलिएका १०५ औँ खेलमा उनको सो ७१ औँ गोल हो। इबरेजी इजेले ७६ औँ मिनेटमा गोल गरे।
समूह ‘के’ कै अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३-० ले हरायो। समूह ‘एच’मा बोस्निया हर्ज गोभिनाले साइप्रसलाई २-१ ले तथा रोमानियाले सान मारिनोलाई ५-१ ले हराए।
समूह ‘जी’मा लिथुवानिया र फिनल्यान्डको खेल २-२ गोलको बराबरी भयो। यसैगरी, पोल्यान्डले माल्टालाई २-० ले हरायो।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया