सिनामंगलबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले चैत्र १४ गते दिउँसो काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट करीव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु खोटाङको लामिडाँडा–७ घर भई काठमाडौ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षिय लक्ष्मि परियार छन् ।
उनीहरुलाई लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाईकल, ६ थान मोवाईल र केही नगद समेत बरामद गरिएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५र५ किलोग्राम सोही लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो ।
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया