मंगलबार, चैत १७, २०८२

ज्यान मार्ने धम्कीबारे सलमान- ‘जति लेखिएकाे छ त्यति बाँच्नेछु’

मेरोन्यूज २०८१ चैत १३ गते १६:२४

काठमाडौं। बलिउड अभिनेता सलमान खानले आफ्नो घरमा आक्रमण भएको करिब एक वर्षपछि यसबारे बोलेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार राति फिल्म ‘सिकन्दर’को पत्रकार सम्मेलनमा सलमानले भगवान र अल्लाहले चाहेको दिनसम्म आफु बाँच्ने स्पष्ट पारे । ‘भगवान-अल्लाहले मेरो लागि जतिसम्म लेख्नुभएको छ, त्यति पक्कै बाँच्नेछु’ सलमानले भने ।

सुरक्षा बढाइएकोबारे सलमानले भने, ‘कहिलेकाहीँ यति धेरै मानिसहरूलाई सँगै लिएर हिँड्न गाह्रो हुन्छ।’

८ महिना अघि, अप्रिल १४ मा बिहान ५ बजे सलमानको ग्यालेक्सी अपार्टमेन्टमा ४ राउन्ड गोली चलाइएको थियो। गोली चलाउने व्यक्तिहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए। गोलीबारी त्यही भित्तामा भएको थियो, जहाँबाट अलि टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन्।

लरेन्स ग्रुपले यो आक्रमणको जिम्मेवारी लिइसकेको छ।

आक्रमणपछि सलमान खानको घरमा बुलेटप्रुफ पर्खाल बनाइएको छ। सलमानको सुरक्षा पनि हाईटेक बनाइएको छ। उनको घर वरिपरि उच्च रिजोल्युसन सीसीटीभी क्यामेराहरू पनि जडान गरिएका छन्।

प्रतिक्रिया