ज्यान मार्ने धम्कीबारे सलमान- ‘जति लेखिएकाे छ त्यति बाँच्नेछु’

काठमाडौं। बलिउड अभिनेता सलमान खानले आफ्नो घरमा आक्रमण भएको करिब एक वर्षपछि यसबारे बोलेका छन् ।
बुधबार राति फिल्म ‘सिकन्दर’को पत्रकार सम्मेलनमा सलमानले भगवान र अल्लाहले चाहेको दिनसम्म आफु बाँच्ने स्पष्ट पारे । ‘भगवान-अल्लाहले मेरो लागि जतिसम्म लेख्नुभएको छ, त्यति पक्कै बाँच्नेछु’ सलमानले भने ।
सुरक्षा बढाइएकोबारे सलमानले भने, ‘कहिलेकाहीँ यति धेरै मानिसहरूलाई सँगै लिएर हिँड्न गाह्रो हुन्छ।’
८ महिना अघि, अप्रिल १४ मा बिहान ५ बजे सलमानको ग्यालेक्सी अपार्टमेन्टमा ४ राउन्ड गोली चलाइएको थियो। गोली चलाउने व्यक्तिहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए। गोलीबारी त्यही भित्तामा भएको थियो, जहाँबाट अलि टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन्।
लरेन्स ग्रुपले यो आक्रमणको जिम्मेवारी लिइसकेको छ।
आक्रमणपछि सलमान खानको घरमा बुलेटप्रुफ पर्खाल बनाइएको छ। सलमानको सुरक्षा पनि हाईटेक बनाइएको छ। उनको घर वरिपरि उच्च रिजोल्युसन सीसीटीभी क्यामेराहरू पनि जडान गरिएका छन्।









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया