महिला एसियन कप २०२६ छनोट : नेपाल समूह एफमा
मेरोन्यूज
२०८१ चैत १३ गते १९:१०

काठमाडौं। एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल ‘एफ’ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो ।
दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया