म्यानमारमा फेरि भूकम्प, मृतकको संख्या १७०० पुग्यो, ३४०० जना घाइते

काठमाडौं । म्यानमारको दोस्रो ठूलो सहर मन्डलेनजिकै आइतबार फेरि भूकम्प गएको छ।
विश्वव्यापी रूपमा भूकम्पको अनुगमन गर्ने अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मन्डलेबाट २८ किलोमिटर (१७.४ माइल) उत्तरपश्चिममा रहेको मट्टारा टाउनसिपमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो।
मट्टारा नजिकैको अमरापुराका एक बासिन्दाले बीबीसी बर्मीलाई बताएअनुसार यो मार्च २८ को भूकम्पपछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो।
मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो जसको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।
म्यानमारमा शनिबार मध्यरात पनि ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
हालैका भूकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
यसैबीच म्यानमारमा भूकम्पका कारण मृत्यु हुनेको संख्या थप बढेको छ।
म्यानमारका सैन्य प्रमुखले १,७०० जनाको मृत्यु भएको र ३,४०० जना घाइते भएको बताएका छन्।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया