म्यानमारमा फेरि भूकम्प, मृतकको संख्या १७०० पुग्यो, ३४०० जना घाइते

काठमाडौं । म्यानमारको दोस्रो ठूलो सहर मन्डलेनजिकै आइतबार फेरि भूकम्प गएको छ।
विश्वव्यापी रूपमा भूकम्पको अनुगमन गर्ने अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मन्डलेबाट २८ किलोमिटर (१७.४ माइल) उत्तरपश्चिममा रहेको मट्टारा टाउनसिपमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो।
मट्टारा नजिकैको अमरापुराका एक बासिन्दाले बीबीसी बर्मीलाई बताएअनुसार यो मार्च २८ को भूकम्पपछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो।
मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो जसको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।
म्यानमारमा शनिबार मध्यरात पनि ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
हालैका भूकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
यसैबीच म्यानमारमा भूकम्पका कारण मृत्यु हुनेको संख्या थप बढेको छ।
म्यानमारका सैन्य प्रमुखले १,७०० जनाको मृत्यु भएको र ३,४०० जना घाइते भएको बताएका छन्।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया