बार निर्वाचनमा रमण भन्दा मिश्र १९० मतले अगाडी
मेरोन्यूज
२०८१ चैत २४ गते २०:१४

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ।
निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । निरन्तर अग्रता लिइरहेका मिश्रले १९० मतले श्रेष्ठलाइ पछि पारेका छन् ।
कांग्रेस एमाले निकट मिश्रले ४८५ मत पाउँदा नेकपा माओवादी निकट रमणले २९५ मत मात्रै ल्याएका छन्।
महासचिवमा केदार कोइरालाले ४९३ मत ल्याउँदा यज्ञमणि न्यौपानले २४४ मत मात्रै पाएका छन् भने कोषध्यक्षमा जगतबहादुर कार्कीले ५०९ मत पाउँदा दिपक राईले २२८ मतमा सिमित छन् ।
सम्बन्धित
प्रतिक्रिया