सिनेमा हल बन्द गराउने साउदीअरबले अब ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने

रियाद, २६ चैत । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ ।
तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको साउदीले पाँचवटा नयाँ फिल्म परियोजनाको घोषणा गरेको छ।
साउदी अरबको सामान्य मनोरञ्जन प्राधिकरणका निर्देशक बोर्डका अध्यक्ष टर्की अल–शेखले ५ नयाँ उच्च प्रोफाइल फिल्म परियोजनाहरूको घोषणा गरेका छन्। राजधानी रियादस्थित बिग टाइम स्टुडियोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यी चलचित्र बनाइने उनले जनाएका छन् ।
यी मध्ये एक फिल्म भने यार्मुकको युद्धमा आधारित हुनेछ। यो महान अरब कमाण्डर खालिद इब्न अल वालिदको जीवनमा आधारित हुनेछ, जसमा यार्मुकको युद्ध देखाइने छ। फिल्ममा अन्तर्राष्ट्रिय कलाकारहरुको अभिनय रहनेछ ।
दोस्रो फिल्म साउदी आर्मीमा आधारित छ । यो चलचित्र रक्षा मन्त्रालयको सहकार्यमा सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको मानिएको छ । विश्व दर्शकलाई ध्यानमा राख्दै यो फिल्मले साउदी सेनाको बहादुरी र दृढ संकल्प देखाउने प्रयास गर्नेछ ।
यस बाहेक गृह मन्त्रालयको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा साउदी अरेबियामा लागुऔषध ओसारपसार विरुद्धको लडाईसँग सम्बन्धित कथाहरु देखाइने भएको छ।
साउदी अरेबियाले मिशन २०३० अन्तर्गत नयाँ नयाँ प्रयोगहरू गरिरहेको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानका नीतिहरूका कारण व्यापार शीर्ष स्थानमा छ, जसका लागि उनी परम्परा तोड्नबाट पछि हटिरहेका छैनन्। दशकौंदेखि बन्द रहेका सिनेमा हलहरू साउदीमा मल्टिप्लेक्स खोलेर युवराजले चलचित्र उद्योगको प्रवर्द्धन गरिसकेका छन् ।
सन २०१८ मा सरकारले सिनेमा हलहरूमा ३५ वर्ष पुरानो प्रतिबन्ध हटाएको थियो। त्यसपछि यहाँ फिल्मको व्यापार उचाइमा पुगेको हो । रमजान २०२५ को पहिलो त्रैमासिकमा भए पनि साउदीले सिनेमा हलबाट बम्पर कमाई गरिरहेको छ र यो त्रैमासिकको आम्दानी गत वर्षको तुलनामा ४ प्रतिशतले बढी भएको जनाइएको छ ।
जसका कारण साउदी अरबको मन सिनेमा निर्माणतर्फ पनि जोडिएको छ ।
















काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया