राजतन्त्रको औचित्य समाप्त भइसक्याे : माधव नेपाल
मेरोन्यूज
२०८१ चैत २५ गते १२:१८

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने।
फरक प्रसङ्गमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए। साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे।
सम्बन्धित








ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया