बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।
‘आइपिएलको न्युनतम ओभर रेट सम्बिन्धी आचरसंहिता अन्तर्गत यो सिजन रोयल च्यालेन्जर्स बेङ्लुरुको पहिलो गल्ती भएकाले टोलीका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
उनी यस सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान हुन्। यसअघि राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान पराग, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया