हुनेवाला ससुरा पुर्वप्रेमी परेपछि…

लन्डन। स्कटल्याण्डबाट एउटा राेचक घटना बाहिर आएको छ।
बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले हुने ससुरा आफ्नो पूर्वप्रेमी भएको थाहा पाएपछि तनाव उत्पन्न भएको छ ।
क्रिस्टिनाले एक पोडकास्टमा आफ्नो कथा साझा गर्दै भनिन् – ‘केही समय पहिले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटें । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि सम्बन्ध प्रेममा परिणत भयो। दुवैले विवाह गर्ने निर्णय गर्याैं ।’
बिहेअघि युवकले ती युवतीलाई आफ्ना आमाबुवासँग भेटाउन लगे। तर युवकको बुबालाई भेट्ने बित्तिकै उनको खुशी स्तब्ध भयो। महिलाले तुरुन्तै आफ्नो पुरानो प्रेमीलाई चिनिन्।
यो खुलासापछि महिला गहिरो तनावमा परेकी छन् । एकातिर उनी आफ्नो मंगेतरलाई साँच्चै माया गर्छिन्, अर्कोतर्फ उनको विगतको तितो सत्यले उनलाई आराम गर्न दिइरहेको छैन। परिवारमा समेत अहिले अन्यौलको वातावरण सिर्जना भएको छ ।
अब पनि आफ्नो सम्बन्ध अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा यो जोडीले नै तय गर्नेछन् ।
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया