सन्नी देओलले ‘जाट’बाट लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक

मुम्बई । सन्नी देओल आफ्नो अर्को फिल्म ‘जाट’ मार्फत एकपटक फेरि ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् ।
‘गदर २’ को अपार सफलता पछि उनको यो पहिलो ठूलो रिलिज हो र यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । तर फिल्म जति चर्चामा छ यसको कथा र एक्सनका कारणले पनि उत्तिकै चर्चामा छ, यसको स्टार कास्टको पारिश्रमिकका कारणले पनि उत्तिकै चर्चा परिर्चचा रहेकाे छ । रिपोर्टका अनुसार सनी देओलले यो फिल्मका लागि ५० करोड भारु लिएका छन्, जुन उनको करियरकै सबैभन्दा ठूलो पारिश्रमिक हो ।
मिडिया रिपोर्टका अनुसार सनी देओलले फिल्म ‘जाट्ट’का लागि ५० करोड भारु पारिश्रमिक लिएका छन् । यो उनको करियरको अहिलेसम्मकै ठूलो पारिश्रमिक मानिन्छ । विशेष कुरा के छ भने सन्नीले आफ्नो ४२ वर्षको करियरमा पहिलो पटक यति ठूलो पारिश्रमिक लिएकी छिन् । फिल्मको कुल लागत करिब दुई सय करोड भारु रहेको बताइएको छ ।
फिल्ममा रणदीप हुड्डा पनि महत्वपूर्ण भूमिकामा छन् । रिपोर्टका अनुसार उनलाई यो फिल्मका लागि ७ करोड भारु दिइएको छ । रणदीप आफ्नो दमदार अभिनयका लागि परिचित छन् र उनका फ्यानहरू उनलाई यो फिल्ममा हेर्न उत्साहित छन्।
दक्षिण फिल्म उद्योगका दिग्गज अभिनेता जगपति बाबुले आफ्नो भूमिकाका लागि १ करोड रुपैयाँ पाएका छन् भने जहाँ ‘बाहुबली’ फेम राम्या कृष्णनलाई यो फिल्ममा अभिनय गरेबापत ७० लाख पारिश्रमिक दिइएको छ ।
फिल्मकी नायिका सैयामी खेरले १ करोड पारिश्रमिक लिएकी छिन् । यसबाहेक फिल्म ‘छावा’ बाट आफ्नो पहिचान बनाएका विनीत कुमार सिंहले ‘जाट्ट’ मा आफ्नो भूमिकाका लागि १ देखि २ करोड रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया