गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ
मेरोन्यूज
२०८१ चैत २७ गते १०:०५

पर्सा । दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्।
उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
उनको साथबाट दुई किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको लम्सालले बताए।
शंकराचार्य गेटबाटै अन्य तीन जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-३ का २९ वर्षीय पञ्चलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन्।
उनीहरूको साथबाट पाँच किलो ७५० ग्राम गाँजा बरामद भएको छ।
सम्बन्धित
















रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया