शुक्रबार, वैशाख ५, २०८२

तीनकुने घटनामा गृहमन्त्रीको जवाफ माग्दै सांसद 

मेरोन्यूज २०८१ चैत २८ गते ६:३९

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयमाथि छलफल गर्ने कार्यसूची छ । 

बैठकमा जवाफ खोज्न गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ । 

प्रतिक्रिया