बुधबार, वैशाख ९, २०८३

गोविन्दासँग सम्बन्ध विच्छेदबारे पत्नी सुनिताले के भनिन् ?

मेरोन्यूज २०८२ वैशाख ३ गते १३:५२

काठमाडौं। बलिउड अभिनेता गोविन्दा र सुनिता आहुजा यतिबेला सम्बन्ध विच्छेदको खबरका कारण चर्चामा छन् ।

Advertisement
NiccNicc

हालै गोविन्दाकी पत्नी सुनिता यस हल्लाबारे बोलेकी छन् । एक अन्तवार्र्तामा उनले सम्बन्धित व्यक्तीबाट पुष्टि नगरी यस्ता अफवाहमा सन्चारमाध्यमले प्रतिकृया दिन नहुने बताइन् । ‘जबसम्म तपाईंहरू हामीबाट केही सुन्नुहुन्न, कुनै पनि समाचारमा प्रतिक्रिया नदिनुहोस्।” हामीले केही नभनेसम्म यो सबै हल्ला मात्र हो,’ सम्बन्धविच्छेदबारे पत्रकारले सोधेको प्रश्नमा सुनिताले भनिन् ।

गोविन्दसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै सुनिताले भनिन्, ‘मानिसहरू भन्छन् कि गोविन्द एक मनोरञ्जनकर्ता हुन् तर गोविन्दलाई मनोरञ्जन दिन सक्ने एक महिला मात्र छन् र ती हुन् सुनिता आहुजा। म बाहेक अरू कसैले गोविन्दलाई मनोरञ्जन दिन सक्दैन। म उनलाई हँसाउन सक्छु, तर कहिल्यै रुवाएको छैन।’

केही समयअघि गोविन्दा र सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने खबर आएको थियो। यी दुवै लामो समयदेखि छुट्टाछुट्टै बस्दै आएको खबर पनि आएको थियो। उनका वकिलले मिडियासमक्ष सुनिताले अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको बताएका थिए। तर, विवादमा घेरिएपछि सुनिताले मिडिया अन्तर्वार्तामा यी रिपोर्टहरूलाई निराधार भनेकी थिइन्।

प्रतिक्रिया