हङकङविरुद्ध पहिला बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८१ चैत २९ गते ११:३३

काठमाडौँ । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली हङकङ खेल्दै छन् ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको छ ।
प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपालको ४ अंक छ । यसअघि आज बिहान भएको खेलमा कुवेतले कतारलाई हराएर नेपालसँग अंक बराबर गरेको छ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया