दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल सजाय

काठमाडौं । अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ । अन्यथा उनीहरूलाई जेल सजाय हुनेछ ।
“अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो । अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा दर्ता गर्नुपर्छ,” प्रेस सचिव कैरोलाइन लैवेटले शुक्रबार भनिन् । उनका अनुसार यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुनेछ ।
क्यारोलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उदृत गर्दै भनिन्, “राष्ट्रपति ट्रम्प र गृहसुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने पक्राउ गरेर जरिवाना गरिनेछ । देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुने छैन ।”
यसैबीच, अमेरिकी गृहसुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।
गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई राष्ट्रपति ट्रम्पले अमेरिका छोड्न भनेका छन् ।
अप्रिल ११, २०२५ पछि अमेरिका पुग्ने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ ।
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया