बारामा ६२ किलो गाँजासहित एक जना पक्राउ, तीन फरार

बारा । बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्।
प्रहरीले हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर सिमरा-२१ छठिमाई घाटस्थित हेटौंडाबाट-वीरगन्जतर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको दुई वटा मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
चेकजाँतका क्रममा अन्य तीन जना व्यक्ति मोटरसाइकल छोडेर फरार भएको एसपी तामाङले बताए।
थिङलाई नियन्त्रणमा लिँदा दुबै मोटरसाइकलबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेका थिङमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।
फरार भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बारा प्रहरी प्रमुखको रूपमा एसपी तामाङले कमाण्ड सम्हालेदेखि प्रहरीको सक्रियताले लागुऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहेका छन्।










एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया