बुधबार, वैशाख ३, २०८२

सुनसरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

मेरोन्यूज २०८२ वैशाख १ गते २०:४६

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता रहेका छन् । उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले गोली प्रहार गर्नुको कारण खुल्न बाँकी छ । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया