बुधबार, वैशाख ३, २०८२

जाजरकोटमा गयो भूकम्प

मेरोन्यूज २०८२ वैशाख १ गते २२:२३

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो ।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया