विन्दा पाण्डेलाई पार्टी जिम्मेवारीमा फर्काउन ओली तयार

काठमाडौं। गत पुस १० गते बसेको नेकपा एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्यबाट निलम्बन गरिएकी नेतृ बिन्दा पाण्डेले अधयक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली र पाण्डेबीच करिब ४ महिनापछि संवाद भएको हो । भेटवार्तामा पाण्डे र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम र निलम्बनबारे कुराकानी भएको स्रोतले बताएको छ।
स्रोतका अनुसार ओलीले पाण्डेलाई पार्टीविरुद्ध जथाभावी नबोल्न र पार्टीलाई अप्ठ्यारो हुने काम नगर्न भनेका थिए ।
यता पाण्डेले पार्टीको गलत कामविरुद्ध आफूहरूले बोलेको बताएकी थिइन् । उनले आफू सचेत नागरिक भएकाले गलत काम नगर्न पार्टीलाई आग्रह गरेको उनले बताइन् ।
‘पार्टीको निर्णयविरुद्ध जथाभावी पोखिएको राम्रो हुँदैन । यसले विपक्षी दल र पार्टीलाई हौसला मिल्छ । तपाईंहरू जतिको मान्छेले यो कुरा बुझ्नुपर्यो’, ओलीले पाण्डेलाई भने, ‘युवामा जोश जाँगर हुन्छ । तर कतिपय विषयमा सम्यमता अपनाएर कुराकानी गर्नुपर्ने हुन्छ।’
पाण्डे र ओलीबीचको भेटवार्ताबारे जानकारी दिँदै एमालेका एक नेताले भने, ‘ओलीले बोलेपछि पाण्डेले पनि आफूले गलत कामविरुद्ध बोलेको बताउँदै पार्टीविरुद्ध नलागेको जवाफ दिनु भएछ ।’
यस्तै पाण्डेले ओलीलाई अहिलेसम्म आफूहरूलाई निलम्बनको पत्र नआएको विषयमा पनि जानकारी गराएकी थिइन्।
त्यसपछि ओलीले निलम्बनको पत्र नआएको भए निलम्बनमै नपरेको जवाफ दिएका छन् ।
‘पाण्डेले आफूहरूकहाँ निलम्बनको पत्र आइनपुगेको बताउनुभएछ । त्यसपछि अध्यक्ष ओलीले पत्र नआएको भए त निलम्बनमै नभएको भन्ने जवाफ दिनु भएछ’, ती नेताले भने, ‘अध्यक्षले पाण्डेलाई पार्टी काममा निरन्तर लाग्न पनि भन्नुभएको छ ।’
पाण्डे र ओलीबीच मंगलबार दिउँसो २ बजेपछि करिब १ घण्टा कुराकानी भएको हो ।
यसैबीच पाण्डेले आफूद्वारा लिखित किताब ओलीलाई उपहार दिएकी छन्। पाण्डेले ओलीलाई त्यही किताब उपहार दिन बालुवाटार पुगेकी हुन् । पाण्डेले हालै ‘भुइँमान्छे’ पुस्तक प्रकाशन गरेकी छन्।

















नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया