अजरबैजानमा इरानी ड्रोन आक्रमण

अजरबैजानको एयरपोर्ट र स्कूल नजिकै बिहिबार भएको इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भए पछि इरानी राजदूतलाई छलफलको लागि बोलाएको जनाइएको छ ।
आक्रमणका लागि दुईवटा ड्रोनहरू प्रयोग भएको र ड्रोन इरानबाट अजरबैजानको नखिचेभानको एक्सक्लेभमा प्रवेश गरेको जनाइएको छ ।
एउटा ड्रोन नखिचेवन विमानस्थलको टर्मिनल भवनमा र अर्को ड्रोन शेकराबाद गाउँको एउटा विद्यालय भवन नजिकै खसेको विदेश मन्त्रालयले जनाएको छ । आक्रमणले विमानस्थलमा क्षति पुग्नुका साथै दुई जना सर्वसाधारणलाई घाइते भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उक्त आक्रमणको विरोध गर्न बाकुमा इरानी राजदूतलाई बोलाएको पुष्टि गर्दै आक्रमण अन्तर्राष्ट्रिय कानूनको र सिद्धान्तको विपरित भएको जनाएको छ । अजरबैजानले आक्रमणको जवाबी कमद चाल्नेसमेत मन्त्रालयले जनाएको छ ।
अजरबैजानको निकट सहयोगी र प्रमुख हतियार आपूर्तिकर्ता इजरायलले अजरबैजानको क्षेत्रलाई आक्रमण गर्न प्रयोग गर्न सक्ने चिन्ता इरानले लामो समय देखि व्यक्त गर्दै आएको जनाइएको छ ।
गत जुन महिनामा, अजरबैजानले इरानलाई आश्वासन दिलाउदै इजरायललाई इरानी क्षेत्रमा आक्रमण गर्नका लागि आफ्नो क्षेत्र प्रयोग गर्न नदिने बताएको जनाइएको छ ।
















महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य
चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया