शनिबार, वैशाख ६, २०८२

उपप्रधानमन्त्री सिंहद्वारा क्रिकेट मैदान निरीक्षण

मेरोन्यूज २०८२ वैशाख ४ गते २२:१३

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन । 

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरेका हुन ।

निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफुले जोड दिएको उल्लेख गरे । 

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर पुगेका हुन् ।


प्रतिक्रिया