बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु

लमजुङ।बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेल हुनेछ । सोमध्ये चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार ६ मिटरको चौडाइको कालोपत्र भइरहेको र केही केही ठाउँमा भने ढलान गरिने भएको छ ।
घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेलको काम कालेपत्र सम्पन्न गरेसँगै हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ ।

बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्याबेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गर्दै विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त समयमा ठेकेदारले काम सम्पन्न नगरेपछि पहिलो पटक विसं २०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भन्दै म्याद थप गरेको थियो ।
उक्त समयमा कामले गति लिन नसकेपछि विसं २०८० चैत २२ गते पुनः म्याद थप गर्दै विसं २०८१ असोज २९ गतेभित्र सो कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर सो समयमा पनि काम सम्पन्न हुन सकेन ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया