एम्बाप्पेको अनुपस्थितिमा रियल म्याड्रिडको जित : इन्जुरी समयमा निर्णायक गोल

काठमाडौं । रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला लिगामा आफूलाई उपाधिको होडमा कायम नै राखेको छ। गएराति भएको खेलमा फेडरिको भेल्भार्डेले इन्जुरी समयमा गरेको गोलको सहयोगमा एथलेटिक क्लबलाई १-० ले हराएको रियलले उपाधिको होडमा आफूलाई कायमै राखेको हो।
बराबरीतर्फ उन्मुख खेलमा भेलभार्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। उनको रियलका लागि यस सिजनमा यो छैटौँ गोल हो।फ्रान्सेली स्टार केलिएन एम्बाप्पे गत खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा सहभागी हुन पाएनन्। जितपछि रियल म्याड्रिड ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ।
ला लिगामा आइतबार भएका अन्य खेलमा ओसासुनाले रियल भालाडोलिडलाई ३-२ ले हरायो। भिल्लारियल र रियल सोसीडाड बीचको खेलमा २-२ गोलको बराबरी भयो। सेभिया र डेपोर्टिभो अल्भासको बिचमा १-१ गोलको बराबरी गरेका छन्।तालिकामा बार्सिलोनाको ७३, रियल म्याड्रिडको ६९, एट्लेटिको म्याड्रिडको ६९ तथा एट्लेटिको क्लबको ५७ अंक छ।


















नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया