एम्बाप्पेको अनुपस्थितिमा रियल म्याड्रिडको जित : इन्जुरी समयमा निर्णायक गोल

काठमाडौं । रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला लिगामा आफूलाई उपाधिको होडमा कायम नै राखेको छ। गएराति भएको खेलमा फेडरिको भेल्भार्डेले इन्जुरी समयमा गरेको गोलको सहयोगमा एथलेटिक क्लबलाई १-० ले हराएको रियलले उपाधिको होडमा आफूलाई कायमै राखेको हो।
बराबरीतर्फ उन्मुख खेलमा भेलभार्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। उनको रियलका लागि यस सिजनमा यो छैटौँ गोल हो।फ्रान्सेली स्टार केलिएन एम्बाप्पे गत खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा सहभागी हुन पाएनन्। जितपछि रियल म्याड्रिड ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ।
ला लिगामा आइतबार भएका अन्य खेलमा ओसासुनाले रियल भालाडोलिडलाई ३-२ ले हरायो। भिल्लारियल र रियल सोसीडाड बीचको खेलमा २-२ गोलको बराबरी भयो। सेभिया र डेपोर्टिभो अल्भासको बिचमा १-१ गोलको बराबरी गरेका छन्।तालिकामा बार्सिलोनाको ७३, रियल म्याड्रिडको ६९, एट्लेटिको म्याड्रिडको ६९ तथा एट्लेटिको क्लबको ५७ अंक छ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया