गुजरात टाइटन्सको छैँटौ जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै

काठमाडौं । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ।
उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो।
यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ खेल जित्ने एक मात्र टोली गुजरात हो। अब थप एक जितसँगै यसले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गर्नेछ।
आईपीएल २०२५ मा गुजरात टाइटन्सले सोमबार आयोजक कोलकाता नाइट राइडर्सको सामना गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले ३ विकेट गुमाएर १९८ रन बनाउन सफल भएको यो । यसपछि केकेआर ८ विकेटमा १५९ रनमा नै सीमित भए पछि गुजरातको छैंटौं जीत पक्का भएको हो ।
केकेआरको यो ८ खेलमा पाँचौं हार हो। डिफेन्डिङ च्याम्पियन केकेआर ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
आइपिएल प्लेअफको लागि योग्य हुन रेस सामान्यतया १४ अंकबाट सुरु हुन्छ। तर १४ अंक भएको टोलीले शीर्ष ४ मा रहन अन्य टोलीको जित हार र रन रेटमा
पनि भर पर्छ। तर, आफ्नै बलमा प्लेअफका लागि योग्य हुन, तपाईंलाई कम्तिमा १६ अंक चाहिन्छ।
कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा केकेआरका कप्तान अजिंक्य रहाणेले टस जितेर ब्याटिङ गरेका थिए । उनीहरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे पनि बलरहरूले अपेक्षा अनुरूप खेल्न सकेको थिएनन्। गुजरात टाइटन्सका ओपनर शुभमन गिल र साई सुदर्शनले केकेआरका बलरहरूलाई पिट्दै १२.२ ओभरमा ११४ रन जोडेका थिए।
साई सुदर्शनको आउट भए पछि यो साझेदारी टुट्यो। उनले आउट हुनु अघि ३६ बलमा ५२ रन बनाएका थिए । योसँगै साई सुदर्शनले ओरेन्ज क्यापको दौडमा निकोलस पूरनलाई पछि पारेका छन् । अहिले उनी ४१७ रन बनाएर यो दौडमा पहिलो स्थानमा छन् ।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया